जनार्दन शर्मा निर्दोष हुनुहुन्छ, अब प्रमाणित भइसक्योः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वअर्थमन्त्री जनार्दन शर्मा निर्दोष प्रमाणित भएको भन्दै खुसी व्यक्त गरेका छन् । शर्माले ल्याएको बजेटको सबैतिर स्वागत भइरहँदा अनावश्यक विवाद खडा गरिएको उनको टिप्पणी छ ।

प्रेस सेन्टर नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘सबैले बजेट राम्रो छ भनेर प्रशंसा र स्वागत गर्दै थिए । एकाएक राति १२ बजे बजेट हेरफेर गर्‍यो भनेर आयो । मैले नै अध्यक्षको हैसियतले छानबिन गर्न लगाएको हुँ ।’

१३,श्रावण.२०७९,शुक्रबार १७:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्