काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

गाडीले फोहोर नउठाएपछि आक्रोशित सरस्वतीनगरबासीले सडकमै फाले फोहोर

4.36K
shares
khanepani bord

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा फोहोर संक्रलन गर्ने गाडीले सबै फोहोर नलगेपछि स्थानीयले सडकमा नै फोहोर फालिदिएका छन् ।

एक सातापछि फोहोर लिन आएको गाडीले सबै फोहोर नलगेपछि आक्रोशित स्थानीयले सडकमा नै फोहोर फालेका हुन् ।

फोहोर संकलन गर्न आएको गाडीले पहिलो लटमा सबै फोहोर लैजान नसकेपछि चालकले अर्को टिप नआएसम्म फोहोर व्यवस्थापन गर्न आग्रह गरेपछि स्थानीयवासीले अव्यवस्थित रूपमा सडकमा फोहोर फालेर विरोध गरेको स्थानीय मिसन राईले बताए ।

पहिलो लडमा आएको गाडीले सबै फोहोर ओसार्न सकेको थिएन । गाडी भरिएपछि स्थानीयले निकालेको फोहोर अहिलेलाई व्यवस्थापन गर्नु भनेपछि स्थानीय आक्रोशित भएर फोहोर बीच सडकमा छरपष्ट पारेको उनको भनाइ छ ।

अहिले उक्त सडककोबीचमा फोहोर फालिएपछि दुगन्र्ध फैलिएको छ । साथै बीच सडकमा फोहोर थुपारिएर बाटो समेत बन्द गर्दा सवारी पनि प्रभावित भएको छ ।

khanepani