हृदयेन्द्रलाई एक दिन राजाको रुपमा देख्न चाहन्छु : रवीन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले पूर्व नवयुराजकुमार हृदयन्द्र वीरविक्रम शाहलाई भावी राजाका रुपमा देख्न चाहेको बताएका छन् ।

पूर्व राजा ज्ञानेन्द्रका नाति तथा पारस शाहका छोरा हृदयेन्द्रको २१ औं जन्मदिनमा शुभकामना व्यक्त गर्दै मिश्रले भावी गद्दी–आसनको शुभेच्छा व्यक्त गरेका हुन् ।

पछिल्लो समय विचारभन्दा माथि देश अभियान चलाइरहेका नेता मिश्रले देशलाई नराम्रो संकटबाट जोगाउँन संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर खोपामा भए पनि राजसंस्था राख्न आह्वान गरेका छन् ।

उनले संसदले बाँधेको राजतन्त्रको उदाहरण दिँदै भनेका छन्– सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्। त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्वन गरी सामान्य नागरिक बनायो। र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनस् गद्दी आसिन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु।

उनले आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीतिक अनुभवले नेपालमा राजसंस्था आवश्यक रहेको बताएका छन् ।

१४,श्रावण.२०७९,शनिबार १३:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्