कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त गुसिङ्गालबाट पक्राउ

काठमाडौं । प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको ईशनाथ गाउँपालिका-३ का४७ वर्षीय इन्दल महतो कोइरी रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको गुसिङ्गालबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको प्रहरीले जनाएको छ ।

१५,श्रावण.२०७९,आईतवार १४:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्