काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

हवाई प्रतिबन्ध सूचीबारे सेफ्टी अडिट गर्न ईयूको टोली नेपाल आउने

4.39K
shares
khanepani bord

काठमाडौं । नेपाललाई सन् २०१३ देखि हवाई प्रतिबन्ध सूचीमा राखेको युरोपेली युनियन (ईयू) को टोली सेफ्टी अडिट गर्न नेपाल आउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ईयूले निकट भविष्यमा नेपालमा सेफ्टी अडिट गर्न आउनेबारे पत्राचार भएको जानकारी दिए । यस्तो पत्राचार शुक्रबार प्राप्त भएको र यो नेपालका लागि ठूलो अवसर भएको उनले बताए ।

ईयू नेपालमाविना शर्त अडिट गर्न आउन तयार भएको भन्दै नेपाल अधिकतम तयारीका साथ प्रस्तुत हुने उनले बताए ।

यसअघि यसै वर्ष अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मूल्यांकनमा नेपालले औसत भन्दा राम्रो नतिजा ल्याएको र यो ईयूको हकमा समेत सहयोगी हुने उनले बताए ।

IME
khanepani