
भरतपुर । भरतपुर महानगरपालिका-२९ घोर्लेमा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
सोमबार दिउँसो ३:५० बजे नारायणगढबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ ख ८५८८ नम्बर माइक्रोबसको अगाडिको टायर खुस्किएर घोर्ले भन्ने ठाउँमा दुर्घटना भएको मुग्लिनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेकाहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्