महिला सांसदको एक स्वर- ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्छ

काठमाडौं । प्रमुख राजनीतिक दलका महिला सांसदहरुले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ पनि जनसंख्याको आधारमा महिलाहरुलाई उम्मेदवार बनाउन माग गरेका छन् ।

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउँदै उनीहरुले प्रत्यक्षतर्फ दलहरुले जनसंख्याकै आधारमा ५० प्रतिशत महिला उम्मेदवार बनाउन अनिवार्य हुनेगरी निर्वाचन कानून संशोधन गर्न माग गरेका हुन् ।

निर्वाचन सम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा प्रतिनिधि सभा सदस्य अमृता थापा मगर प्रस्तावक रही प्रस्ताव दर्ता भएको हो । सो प्रस्तावमा सांसदहरु लक्ष्मी परियार, लक्ष्मीकुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई समर्थक रहेका छन् ।

१६,श्रावण.२०७९,सोमबार १७:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्