काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

हेटौंडामा लागुऔषधसहित चार जना पक्राउ

4.89K
shares
khanepani bord

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित चारजनालाई हेटौंडाबाट पक्राउ गरेको छ ।

प्रहरीले १३ बोतल ओनेरेक्स सहित दुईजना महिला र दुईजना पुरुषलाई पक्रेको हो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले हेटौंडा–४, चिल्ड्रेनपार्कमा रहेको चौतारी होटलबाट हेटौंडा–२ का ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौंडा–४ का ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौंडा–१३ की २६ वर्षीया आहाना भन्ने अल्बिना तामाङ र हेटौंडा–१२ घर भइ हाल हेटौंडा–११ मा डेरामा बस्ने २५ वर्षीया इशा घलानलाई पक्राउ गरेको हो ।

उनीहरुलाई अदालतमा पेश गरि १८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

IME
khanepani