काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल, फाइनल पुग्ने झिनो आशा

5.47K
shares
khanepani bord

काठमाडौं । यू २० साफ च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशको सामना गर्दैछ ।

सुरूवाति दुई खेलमा लगातार जितेर फाइनल पुग्ने बलियो दाबेदारी देखाएको नेपाल तेस्रो खेलमा लज्जास्पदरूपमा पराजित भयो । भरतसँग तेस्रो खेलमा ८-० गोलको नतिजामा हारेसँगै नेपालको फाइनल सम्भावना लगभग अन्त्य भएको छ ।

नेपालले आज आफ्नो खेलमा सुखद नतिजा ल्याएर मात्र फाइनल यात्रा सम्भव हुँदैन ।

त्यसका लागि नेपालले सामु आजै हुने दोस्रो खेलमा माल्दिभ्सले भारतलाई हराएको वा अंक बाँडेको हुनु पर्नेछ । त्यसो नभए नेपालले बंगलादेशलाई ७-० गोलको नतिजामा पराजित गर्नुपर्नेछ ।

लगातार तीन जित निकालेको बंगलादेश नौ अंकसहित शीर्ष स्थानमा छ । समान खेलमा समान ६ अंक जोडेको भारत दोस्रो र गोल अन्तरका आधारमा नेपाल तेस्रो स्थानमा छ ।

प्रतियोगिताकै दाबेदार टोलीको रूपमा रहेको बंगलादेशमाथि जित निकाल्नु नेपालका लागि सहज भने छैन । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो भने दोस्रो खेलमा भारतलाईपनि पराजित गरेको थियो ।

यस्तै तेस्रो खेलमा बंगलादेशले माल्दिभ्समाथि सहज जितसहित फाइनलमा दाबेदारी बलियो पारेको थियो ।

IME
khanepani