काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

पद खोज्नेहरुलाई पार्टीमा आउन दिन्न : रवि लामिछाने

3.8K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कुनै पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश नदिने बताएका छन् । मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा उनले कुनै पद खोजेर आउन चाहनेलाई प्रवेश निषेध रहेको बताए ।

उनले अघि भने, ‘जो मान्छे यो पद भए मात्र आउँछु भन्छ, यो पार्टीको जीवन रहेसम्म मेरो जीवन रहेसम्म त्यस्तालाई यो पार्टीमा आउन दिन्न ।’

अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको उनले बताए । ‘जसले ती पार्टीमा बेथिती रह्यो, मैले चिर्न सकिन भन्छ त्यस्ता मान्छेलाई स्वागत छ’ अध्यक्ष लामिछानेले भने ।

उनले यस पटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दुख पाइने बताए । ‘यस पटक मत फेर्न सकेनौं भने फेरि अर्को ५ वर्षका लागि यही सुनाउनुपर्नेछ, तर मलाई थाहा छैन आफ्नो सुविधा सम्पन्न जीवन छाडेर अर्को हर्क साम्पाङहरु, अर्का स्वतन्त्र उम्मेदवारहरु आउँछन्, आउँदैनन्, अर्का बालेनहरु र गोपी हमालहरु आउँछन् कि आउँदैनन् ?’

कर्णाली फेर्ने कामको सुरुवात कर्णालीकै वासिन्दाले आफ्नो भोट फेरेर गर्न सक्ने उनले बताए । ‘तपाईले हाल्ने मतबाहेक तपाईंको भाग्य बदल्ने अरु कुनै उपाय छैन’ उनले भने ।

IME
khanepani