नेपाल र बंगलादेशविरुद्धको खेलमा हात हालाहाल, दुवै देशका खेलाडीलाई रेड कार्ड

काठमाडौं । यू २० साफ च्याप्यिनसिपअन्तर्गतको नेपाल र बंगलादेशबीच भइरहेको खेलमा तनाव भएको छ ।

खेलको दोस्रो सुरु भएलगत्तै जर्सी नं. ६ खेलाडीले फल गरेको साइड रेफ्रीले संकेत गरेपछि ती खेलाडीले प्रतिवाद गरेका थिए ।

नेपालका जर्सी नं. ७ कृतिश रैन छन्जुमाथि फल्ट गरेपछि नेपाली खेलाडीहरु आक्रोशित बनेका थिए । त्यही क्रममा दुवैतर्फका खेलाडीहरुबीच हात हालाहालको स्थिति बनेको थियो ।

हात हालाहालपछि रेफ्रीले दुवै देशका एक एक खेलाडीलाई रेड कार्ड दिएको छ ।

१७,श्रावण.२०७९,मंगलवार १७:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्