
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सिटमा अन्य यात्रु बोक्ने १९ वटा सार्वजनिक भाडाका बसलाई कारबाही गरेको छ ।
उपत्यकाको विभिन्न स्थानमा गरेको विशेष अभियान अन्तर्गत सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सिट लागू भए, नभएको अनुगमन गर्ने क्रममा १९ वटा यात्रुवाहक बसलाई तीन-तीन हजारका दरले जरिवाना तिराएको हो ।
उपत्यका बाहिर चल्ने ४ वटा यात्रुवाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र १ वटा माइक्रो बसलाई नियमानुसार कारबाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले नेपाल प्रेसलाई जानकारी दिए ।
महिला, अशक्त तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति गरेर ठुलो सार्वजनिक सवारी साधनमा ४ सिट र सानो सवारी साधनमा २ सिट आरक्षणका लागि छुट्टाइएको हुन्छ ।
प्रतिक्रिया दिनुहोस्