काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

देउवा-प्रचण्डको नजरमा चोखिएका जनार्दनलाई जनताले सजाय दिनेछन् : पोखरेल

4.59K
shares
khanepani bord

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले बजेट माफियाकरण गरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले व्यापारिक घरानासँगको सेटिङमा शर्माले बजेट ल्याएको बताए ।

´अर्थमन्त्रीले जनताका लागि भन्दा पनि व्यापारिका पक्षमा बजेट ल्याएका छन् । देउवा र प्रचण्डका नजरमा त उनी चोखिएलान् । तर, जनताले सजाय दिनेछन् ।’

पाँचदलीय गठबन्धनका बाबजुद पनि एमालेको जनमत नघटेको उनको दाबी छ । २०७४ मा ३३ प्रतिशत मत ल्याएको एमालेले अहिले बढाएर ३४ प्रतिशत पुर्‍याएको पोखरेलले बताए ।

स्थानीय चुनावमा कांग्रेस पहिलो देखिएपनि आफ्नो सामर्थ्य नभई गठबन्धनको परिणाम भएको उनको भनाइ थियो ।

IME
khanepani