काठमाडौं न्यायिक समितले आफ्नै इजलास कक्षबाट सुरु गर्‍यो काम

काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिको इजलास कक्ष तयार भएको छ । यसअघि छुट्टै इजलास कक्ष नहुँदा महानगरपालिकाको शभाहलबाटै विवादित विषयमा न्याय निरुपण हुँदै आएको थियो ।

स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था छ । जसले एक वर्षसम्म कैद हुन सक्ने फौजदारी मुद्दा, मेलमिलाप हुन सक्ने देवानी मुद्दा र २५ लाख रुपैयाँसम्म विगो भएको घर बहाल र घर बहाल सुविधा भएको मुद्दा न्यायिक समितिको क्षेत्राधिकारमा पर्छ ।

अहिले काठमाडौं महानगरको न्यायिक समितिमा २४२ उजुरी छन् । यीमध्ये १४४ वटा मुद्दा अघिल्ला वर्षहरुका हुन् ।

१८,श्रावण.२०७९,बुधबार १४:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्