पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न अखिल क्रान्तिकारी बहुमतको माग

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट छुट्टिएको धर्मेन्द्र बास्तोला नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारी (बहुमत) ले आयल निगममा प्रदर्शन गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा पुरानै दर कायम राखिएको भन्दै विद्यार्थीहरूले टेकुस्थित निगमको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।

क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दबाब दिएको छ ।

१९,श्रावण.२०७९,बिहीबार १३:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्