भोलिदेखि मतदाता नामावली संकलन नहुने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित हुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने बताए । चुनाव घोषणापछि मतदाता नामावली संकलन स्थगित हुने कानूनी व्यवस्था छ ।

स्थानीय तह निर्वाचनपछि खुलेको नामावली संकलन आज भने जारी रहनेछ ।

१९,श्रावण.२०७९,बिहीबार १४:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्