काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

क्यानडा पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा अत्तरखेलबाट महिला पक्राउ

4.9K
shares
khanepani bord

काठमाडौं । क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-६ बस्‍ने ४७ वर्षीया छरिङ डोमा शेर्पा रहेकी छिन् ।

शेर्पाले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क्‍यानडा पठाइदिने भन्‍दे ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको अत्तरखेलबाट पक्राउ गरेको छ ।

पक्राउ परेका शेर्पामाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

IME
khanepani