काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ...

पुरा पढ्नुहाेस्

मुख्यमन्त्री कार्यालय अगाडि साडी र चुरा फालेर सुकुम्वासीहरुको प्रदर्शन

6.23K
shares
khanepani bord

जनकपुरधाम । चुरे बचाउ अभियान र सुकुम्वासीहरुले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी साडी र चुरा फालेका छन् ।

चुरे तथा वन जंगल संरक्षण अभियानले पटक पटक आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै उनीहरुले मुख्यमन्त्री लालबाबु राउतलाई साडी र चुरा बुझाउने कार्यक्रम राखेका थिए । तर उनीहरुलाई सुरक्षाकर्मीले मधेस भवन पस्न नदिएपछि सडकमै साडी, पेटीकोट, चुरा र लहठी फालेका हुन् ।

सिरहाको चोहर्वामा मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको करोडौंको वनको जग्गा फिर्ता ल्याउनुपर्ने, सक्कली सुकुम्वासीलाई तत्कालै जग्गा उपलब्ध गराउनुपर्ने, नक्कली सुकुम्वासीलाई जग्गा वितरण कार्य बन्द गर्नुपर्ने लगायतका माग राखेर उनीहरु विगत १७ दिनदेखि आन्दोलित छन् ।

आफूहरुले पटक पटक आन्दोलन गरेपनि सरकारले कुनै सुनुवाई नगर्दा सरकारका मन्त्रीहरुलाई चुरा, साडी, लहठी र पेटीकोट उपहार दिएको चुरे अभियानी सुनिल यादवले जानकारी दिए । उनले भने, ‘विगतमा प्रदेश सरकारले माग पुरा गर्ने लिखित सम्झौता गरेको थियो । तर कार्यान्वयन भएको छैन् ‌। ठूलो कमिशनको चलखेल भएको आशंका छ ।

IME
khanepani