काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

चार वर्षदेखि साउदी जेलमा रहेका ५ नेपाली जेलमुक्त

5.53K
shares
khanepani bord

जनकपुरधाम । हत्या अभियोगमा साउदीको दमामस्थित जेलमा रहेका पाँच नेपाली मजदुर निर्दोष सावित भएका छन् । त्यहाँको अदालतले निर्दोष सावित गरेलगत्तै उनीहरु जेलमुक्त भएका हुन् ।

सामाजिक अभियन्ता सरोज रायका अनुसार जेल मुक्त हुनेहरुमा भक्तपुरका कृष्ण बहादुर गान्सी, धनुषाका राम प्रसाद ठाकुर, सिरहाका बासुेदव ठाकुर, महोत्तरीका इन्द्रजित मण्डल र इलामका धनबहादुर तामाङ रहेका छन् ।

एक भारतीयको हत्या गरेको आरोपमा उनीहरु ४ वर्षदेखि जेलमा थिए । उनीहरुलाई जेलमुक्त गराउन अभियन्ता राय पहल गरेका थिए । रिहा भएपनि उनीहरुले केहि समयपछि मात्र नेपाल फर्किन अभियन्ता रायले बताएका छन् ।

‘साउदी कानुन अनुसार अभियुक्त निर्दोष सावित भएपछि क्षतिपुर्ति दावी गर्न पाउँछन्’, अभियन्ता राय भन्छन्, ‘उनीहरु काम गरेको पारिश्रमिक कम्पनीबाट पनि लिन बाँकी छ । त्यसैले क्षतिपुर्ती र कम्पनीबाट तलब लिएर केहि समयपछि उनीहरु नेपाल फर्किनेछन् ।’

IME
khanepani