
काठमाडौं । सत्ता गठबन्धनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाएको महाअभियोग प्रस्ताव ६ महिनापछि प्रतिनिधिसभाले अघि बढाएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकको कार्यसूचीमा महाअभियोगमाथि छलफललाई चढाइएको छ ।
राणाविरुद्धको महाअभियोग अघि नबढाई सत्ता गठबन्धनले आफ्नो स्वार्थमा अदालतलाई प्रयोग गर्न खोजेको आरोप लागेका बेला अब सो प्रस्ताव अघि बढेको छ ।
संसद्मा छलफलपछि महाअभियोग समितिमा पठाइनेछ ।
प्रतिक्रिया दिनुहोस्