काठमाडौं । नेपाल विद्यार्थी संघले (नेविसंघ) त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला खोलेको छ।आइतबार बिहान नेविसंघले सबै आन्दोलनको कार्यक्रम फिर्ता लिई त्रिवि सेवा आयोगमा लगाएको तालाबन्दी खोलेको हो ।
परीक्षा स्थगन भई सेवा आयोग अध्यक्षको पदनै रिक्त भएकाले पदपूर्ति नहुन्जेल सम्मको लागि सम्पूर्ण आन्दोलन फिर्ता गरी सेवा आयोगको कार्यालयमा गरिएको तालाबन्दी तत्काललाई खोलिएको नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिले जनाएको छ ।
बदनियतका साथ त्रिवि सेवा आयोग अध्यक्षले आफ्नो पदावधि सकिने दिनमा गर्न खोजे भन्दै नेविसंघले ताला लगाएपछि अर्न्तवार्ताको परीक्षा स्थगित भएको थियो ।
नेविसंघ त्रिवि समितिले हालै सेवा आयोग अध्यक्षको पदावधी सकिएका प्रा. डा. लालु प्रसाद पौडेलले आफ्नो पदावधी सकिने दिनमा अर्न्तवार्ताको नाटक मञ्चन गरी व्यक्तिगत तथा केही अमुख राजनितिक पार्टीका कार्यकर्ता सेवा आयोग मार्फत भर्ति गरी आफ्नो अभिष्ट पुरा गर्ने कु(कार्य नेविसंघको आन्दोलनका कारण स्थगन भएको दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्