काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

एमाले सांसदको आशंका : महाअभियोग प्रस्ताव साँच्चै छिनोफानो गर्न खोजिएको हो ?

5.02K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि बढाउनुको नियत के हो भनी प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा बोल्दै उनले भने, ‘आज यहाँ (प्रतिनिधिसभा) प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव छलफलमा लिएर आएको छ । यो वास्तवमा कुन इन्टेन्सनका साथ ल्याइएको हो ?’ छिनोफानो गर्ने गरी महाअभियोग प्रस्ताव अगाडि बढाएको हो कि, बढाइयो भन्नलाई मात्रै बढाइएको हो भन्नेमा प्रष्ट हुन नसकेको उनको भनाई छ ।

‘लेजिस्लेटिभ विजडमलाई प्रयोग गर्न ढंगले लिएर आइएको हो कि, खाली एउटा गरियो भन्ने ढंगले मात्रै ! वास्तवमा यसको छिनोफानो गर्ने ढंगले बढेको हो कि होइन ?’ सांसद सिलवालको आशंकासहित प्रश्न छ ।

आइतबारको जारी प्रतिनिधिसभाको बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ । गत फागुन १ गते ९८ जना सांसदले राणविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

एमाले सांसद सिलवालले जनताको नजरमा भने अदालतप्रतिको विश्वास खस्किँदो रहेको टिप्पणी गरेका छन् ।

‘जनताको एउटा भरोसाको धरोहरको रुपमा रहेको अदालत अहिले विभिन्न खालको काण्डहरुमा मुद्दा छिन्ने सवालमा, घुसको लिनेदेन गर्ने ढंगका एक पछि अर्को खालको घटनाहरु बाहिरिएको कारणले अदालत एक प्रकारले जनताको नजरबाट नांगिएको अवस्था छ’ सांसद सिलवालले भने ।

IME
khanepani