काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

“रोटरी क्लब अफ काठमाडौले ICT तालिम सुरु गर्‍यो”

5.86K
shares
khanepani bord

काठमाडौ । राेटरि क्लब अफ काठमाडौ ले मिति ०७९-०४-२०देखि ICT तालिम शुरु गरेको छ।लक डाउन को समय मा ४७ जिल्लाका करिब ३५० बिध्यालयका १५०० शिक्षकलाई zoom कक्षा संचालन गरेर कक्षा सहजिकरणमा यस संस्थाले महत्वपूर्ण सहयाेग गरेकाे थियाे।IETE नेपाल च्याप्टरका अध्यक्ष केशव ज्ञवालीले प्रशिक्षकको रूपमा zoom कक्षा गर्नुभएको थियो।

त्यस पछि प्रथम ICT तालिम संचालन गरि सकेको रोटरी को यो दाश्राे ICT तालिम हो। दोश्रो चरणको ICT तालिमबाट शिक्षाकाे गुणस्तर बढने राेटरि क्लब अफ काठमाडौ ले विश्वास लिएकाे छ।तालिम काे लागि गाेपालराज कमला राजभण्डारी फाउन्डेसन ले ल्यापटप उपलब्ध गराएको थियो भने तालिमलाई सहजिकरण Rotary District 3292 literacy missionले गरेको थियो त्यस्तै प्रायोजनमा सहयोग IETE Nepal च्याप्टरले गरेको थियो। उद्द्घाटन सेशनको कार्यक्रमको अध्यक्षता प्रेसिडेन्ट इलेक्ट किशोर उप्रेती र प्रमुख आथित्य ग्रहण PDG योगेन्द्रमान प्रधानले गर्नु भएको थियो।

कार्यक्रममा बक्ताहरु क्लब रोटरी लिटेरेसि मिशन चेयरमेन तिर्थराज दाहाल र प्रशिक्षक केशव राज ज्ञवालि हुनुहुन्थ्यो।आफ्नो मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि PDG योगेन्द्र मान प्रधान ले संस्कृत मा श्लोक भन्दै शिक्षक हरु देवतुल्य रहेको कुरा व्यक्त गर्नु भयो भने अध्यक्षता गरि रहनु भएका प्रेसिडेन्ट इलेक्ट किशोर उप्रेती ले शिक्षक हरु अब occupation बाट profession मा परिवर्तन नभए समाज पछि पर्ने भएकोले तालिमको माध्यम बाट profession तर्फ जान सहज हुने कुरा व्यक्त गर्नु भयो। कार्यक्रमको सन्चालन vice president सुशील कुमार कार्कीले गर्नु भएको थियो!

IME
khanepani