
काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले दलीय भागबण्डामा संवैधानिक निकायमा नियुक्ति चलिरहे महाभियोगको आवश्यकता बढीरहने बताएका छन् ।
प्रतिनिधिसभामा जारी प्रधानन्यायाधीश राणाउपरको महाभियोगको प्रस्तावमाथि छलफलमा सहभागि हुँदै उनले यस्तो बताएका हुन् ।
‘दलीय भागबण्डा चलिरहेसम्म महाभियोगको आवश्यकता परिरहन्छ । र औचित्य समाप्त हुन्छ,’ उनले भने, ‘यसै कारण सबै निकायमा भ्रष्टाचार बढेको छ । जसका कारण यस्ता महाभियोग आवश्यक भइरहन्छन् ।’
संवैधानिक निकायमा दलीय भागबण्डाअनुसार हुने नियुक्तिको प्रक्रिया नै गलत रहेको उनले बताए । ‘दलीय भागबण्डामा राजकीय सत्ताको भागबण्डा गरेजस्तै संवैधानिक निकायमा भागबण्डा सत्ता पक्ष यति, विपक्षी यति भन्ने चलेसम्म समस्या कायम हुन्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्