काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

ओलीको टिप्पणी- डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातिरहेका छन्, तर सबै डुब्छन्

5.15K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत भइसकेको टिप्पणी गरेका छन् । डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेको उनको भनाइ छ ।

आज आयोजित पार्टी निकट भुपू सैनिकको कार्यक्रममा सम्बोधन गर्दै ओलीले गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नरहेको बताए ।

उनले भने, ‘उनीहरुको नसिवमै गठबन्धन लेखेको छ । डुब्तेको सिन्केका सहारा भनेको जस्तै उनीहरुलाई बाँच्नका लागि गठबन्धनरुपी त्यान्द्रोको सहारा चाहिएको छ । डुब्न लागेकाहरु एउटाले अर्कालाई तानिरहेका छन् । तर, यिनीहरु सबै डुब्छन् ।’

गठबन्धनका दलहरुमा एकअर्काप्रति अविश्वास रहेको उल्लेख गरे ।

‘बिहान भन्छन्– हामीलाई हेप्यो, यस्तै चाल हो भने अर्को मोर्चा बनाउँछौं । दिउँसो अलिकति डराउँछन् । होइन, यो मोर्चा त कायमै राख्नुपर्छ भन्छन् । बेलुकातिर यो गठबन्धन चुनावपछिसम्मै कायम राख्नुपर्छ भन्छन् । राति सुत्छन् । छटपटी हुन्छ । के गरेर जोगिने होला भनेर सोच्न थाल्छन् । अनि बिहान उठेर फेरि धम्क्याउँछन् ।’ उनले भने ।

ओलीले यो गठवन्धन पार्टीको रुपमा गइसकेको उल्लेख गरे ।

उनले थपे, ‘यो कांग्रेस निर्देशित विचारसमूह हो । यो कम्युनिष्ट विरोधि, प्रगति विरोधि, राष्ट्रियता विरोधि, लोकतन्त्र विरोधि समूह हो,’ उनले भने, ‘यससँग हामीले लड्नुपर्छ । एक्लै लड्न सक्षम छौं ।’

IME
khanepani