काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

हेटौंडामा चार सवारीसाधन आपसमा ठोक्किए, विद्यार्थीसहित एक दर्जन घाइते

4.36K
shares
khanepani bord

हेटौंडा । मकवानपुरमा स्कुल बससहित ४ सवारी एक आपसमा ठोक्किएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- १५ रागोमाटे क्षेत्रमा स्कुलसहित ४ सवारी एक आपसमा ठाेक्किँदा एक दर्जन बढी घाइते भएका छन्। घाइते मध्ये केही हेटौंडाको रिलायन्स स्कुलका विद्यार्थी पनि रहेको प्रहरीले जनाएको छ ।

सुरुमा कार र ट्याङ्कर ठोक्किएर दुर्घटना भएकाे र त्यसपछि नजिकै रहेका ट्र्क र स्कुल बस ठोक्किएको थियाे । दुर्घटनामा घाइते भएकाहरुलाई हेटौंडा अस्पतालमा लगिएको छ । दुर्घटनामा घाइते भएका बालबालिका त्रसित छन् ।

साढे ९ बजेतिर सवारीहरु एकाआपसमा ठोक्किएको र उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

उनले भने,‘४ वटा सवारी ठोक्किएका छन् । १५ जना सामान्य घाइते भएका छन् । मानवीय क्षति भएको छैन ।’

IME
khanepani