पार्टी निर्णय कार्यान्वयनका लागि नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधर विद्यार्थीहरूले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी संघको वैधानिक पूर्णताका लागि भन्दै नेविसंघका कोइराला समूहका विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

साउन मसान्तभित्र रिक्त रहेका भातृसंस्था गठन गर्ने र पूर्णता दिन बाँकी रहेका भातृसंस्थालाई पूर्णता दिने पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न र कोइराला पक्षसँग सल्लाह गरेर विधान अनुसार भातृसंस्थाको गठन गर्नका लागि दबाव दिन प्रदर्शन गरिएको विद्यार्थी दिनेश शाहीले बताए ।

‘पार्टी केन्द्रीय समितिको निर्णयनै कार्यान्वयन नहुने आशंका उव्जिएको छ । यस्तो अवस्था आउनु समग्र पार्टीकै लागि दुखद बिषय हो,’ विद्यार्थी नेता भुवन भट्टले भने, ‘तत्काल नेपाल विद्यार्थी संघलाई बिधानसम्मत पूर्णता दिनु पर्छ, त्यसैका लागि हामीले पार्टीका नेताहरूको ध्यानाकर्षण गराएका हौँ ।’

२३,श्रावण.२०७९,सोमबार १५:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्