गृह मन्त्रालयले भन्यो- नागरिकतामा अपमानजनक नाम नराख्नु

काठमाडौं । गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी जारी भएको नागरिकता प्रमाणपत्र सच्याउन मिल्ने जनाएको छ ।

प्रमाणपत्र लिएका सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन पनि मन्त्रालयले भनेकाे छ ।

यस्तै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी प्रमाणपत्र जारी नगर्न पनि भनेको छ ।

गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलले यसअघि विभिन्न जिल्लाबाट जारी भएका नागरिकतामा त्यस्ता शब्द प्रयोग भएको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन् ।

२३,श्रावण.२०७९,सोमबार १७:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्