एमाले सांसद सिग्देलको गुनासो, विशेष र शून्य समयमा उठाएका विषय सरकारले सम्बोधन गरेन
वि.सं.२०७९ साउन २४ मंगलवार १२:२१
shares

काठमाडौं । नेकपा एमालेका सांसद केदार सिग्देलले प्रतिनिधिसभाको विशेष र शून्य समयमा उठाइएका विषय सरकारले सम्बोधन नगरेको गुनासो गरेका छन् । प्रतिनिधिसभाको बैठकअन्तर्गत आज शून्य समयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।
‘विशेष र शून्य समयमा उठाएका विषय सरकारले सम्बोधन गरेको देखिएन’, उनले भने, ‘सुनाउनमात्र होइन, सम्बोधन गर्न सरकारलाई सुनाएर कार्यान्वयन होस् भन्ने चाहना हुन्छ । तर, सरकारले यसतर्फ ध्यान दिएको देखिएन ।’
यसका लागि सभामुखबाट कडाइ गर्न उनले आग्रह गरे ।
























