काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

माओवादी र एकीकृत समाजवादीले स्थायी प्रतिपक्षी हुने शुभकामना दिए : महेश बस्नेत

3.51K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीलाई स्थायी प्रतिपक्षी हुने शुभकामना दिएको बताएका छन् । तर, दुवै पार्टीको शुभकामना हास्यास्पद रहेको उनको भनाइ छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्नै उनले भने, ‘त्यो ३३ सिट र १० सिटवाला साथीहरु हामीलाई स्थायी प्रतिपक्षी बनाउनको निम्ति शुभकामना दिनुहुन्छ । यो हास्यास्पद तर्क कति जनताले पत्याउँछन् मलाई थाहा छैन ।’

सांसद बस्नेतले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाँदा पनि एमाले पहिलो ठूलो दल हुने दावी गरे । ‘स्थानीय तहको निर्वाचनमा आएको मत परिणाम हेर्दा झण्डै ३४ प्रतिशत पपुलर भोट ल्यायो ।

पूर्ण समानुपातिकमा जाँदा एमालेले ७० भन्दा बढी सिट ल्याउँछ । कांग्रेसले ६८/६९ सिट ल्याउँछ । माओवादीले ३३ सिट ल्याउँछ र हामीसँग विभाजित भएर गएको नेकपा एसले १० सिट ल्याउँछ ।’

khanepani