कर्मचारीको निधन भएपछि धनुषा प्रशासन कार्यालयका सेवा बन्द

जनकपुरधाम । कर्मचारीको निधन भएको शोकमा जिल्ला प्रशासन कार्यालय धनुषाले एक दिनका लागि सेवा बन्द गरेकाे छ ।

प्रशासकीय अधिकृत बालवीर ठाकुरको आज हृदयघातका कारण असमायिक निधन भएको हो ।

उनको निधन र भाइरल ज्वरोका कारण ८र९ कर्मचारी होम आइसोलेशनमा रहेकाले आज प्रवाहित हुने सेवाहरु स्थगन गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

२५,श्रावण.२०७९,बुधबार १०:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्