काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

पोखरा विमानस्थलको सुरक्षामा कुनै सम्झौता गर्दैनौं : पर्यटनमन्त्री

4.89K
shares
khanepani bord

पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पोखरा विमानस्थलको सुरक्षामा सम्झौता नगर्ने बताएका छन् ।

विमानको सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङलाई निररन्तरता दिने कुनै उपाय भए खोज्ने उनले बताए ।

पोखरा अन्र्राष्ट्रिय विमानस्थल १७ पुसमा सञ्चालनमा ल्याउने तय भएपछि मन्त्री श्रेष्ठ पोखरा आइपुगेका छन् । पर्यटन व्यवसायीहरुले पर्यटनमन्त्री श्रेष्ठलाई भेटेर पोखराको ब्राण्ड बनेको प्याराग्लाइडिङलाई पनि जोगाउन ध्यानाकर्षण गराएका छन् ।

बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले भने पोखरा विमानस्थलको सुरक्षामा सम्झौता नगर्ने बताए ।

उनले भने, ‘विमानस्थल यहाँकै मागअनुसार निर्माण भएको हो । विमानको सुरक्षामा सम्झौता गर्न मिल्दैन । तर सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङलाई कुनै उपायबाट कायम राख्न सक्ने स्थिति भएमा त्यसलाई प्रयोग गरेर संरक्षण गर्छौं ।’

IME
khanepani