काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को अनौपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको छ...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थामा सुधार

3.89K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले विज्ञप्ति मार्फत नेता गिरीको अवस्थामा सुधार देखिएको जनाएको छ ।

सचेतक विश्वकर्माले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘…नेपाल आउन साथ निमोनिया देखिएकोले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको बुझिएको छ ।’

घाँटीमा देखिएको क्यान्सरको उपचारका लागि भारत गएका उनी स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्किएका थिए ।

यस्तै नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सदस्य कर्मा घले पोस्टेट क्यान्सर भई भारत, मुम्बईका विभिन्‍न अस्पतालहरुमा उपचार गराई नेपाल फर्किए पनि पुनः स्वास्थ्य समस्या देखिएको छ । उनले ललितपुर कै नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा थप उपचार गराइरहेका विज्ञप्तिमा उल्लेख छ ।

khanepani