काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

3.91K
shares
khanepani bord

काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतलाई प्रहरीले राष्ट्रपति भवन अघिबाट पक्राउ गरेको छ ।

राष्ट्रपति भवन अघि धर्ना बस्न पुगेकी उनलाई पुरुष प्रहरीले सडकपेटीबाटै पक्रेर भ्यानमा हालेका हुन् । निषेधित क्षेत्र तोडेकाले पक्राउ गरिएको प्रहीले जनाएको छ ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ । गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उनी पक्राउ परेकी थिइन् ।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।

तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ ।

khanepani