नेयमार र एम्बाप्पेको गोलमा पिएसजीको दोस्रो जित

काठमाडौं । स्टार खेलाडी नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ड जर्मेन ९पिएसजी०ले प फ्रेन्च लिग वानमा लगातार दोस्रो जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा पिएसजीले मोन्टपिलोयरलाई ५(२ अन्तरले पराजित गर्यो । पिएसजीको जितमा नेयमारले दुई तथा एम्बाप्पेले सहित रिनाटो सान्चेजले एक एक गोल गर्दा फालाए साक्नोले आत्माघाती गोल गरे ।

यस्तै भ्रमणकारी टोलीका लागि वाहबी खाज्री र यन्जोले सान्त्वना गोल गरे । पिएसजीको जितमा लियोनल मेस्सीभने गोल बिहिन रहे ।

जितसंगै दुई खेलबाट ६ अंक बनाएको पिएसजी शीर्ष स्थानमा छ । दोस्रो स्थानको लिलको ४ अंक छ । यस्तै पराजित मोन्ट ४ अंक सहित आठौं स्थानमा छ ।

२९,श्रावण.२०७९,आईतवार ०८:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्