काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

विकास र समृद्धिका लागि एमसीसीः गृहमन्त्री

4.25K
shares
khanepani bord

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँडले एमसीसी परियोजना नेपालकै विकास र समृद्धिका लागि आएको बताएका छन् ।

उनले विश्वका अल्पविकसित देशहरुको विकासका लागि अमेरिकालगायतका सम्पन्न मुलुकहरुले आफ्नो आम्दानीको केही प्रतिशत रकम विनियोजन गरेर यस्तो परियोजना संचालन गरेकाले यसले राम्रो गर्ने बताएका छन् ।

शनिबार रुपन्देहीका शुद्धोधन गाउँपालिका वडा नं ५ मा निर्मित शुद्धोधन पार्क उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले यो परियोजना दिने देशहरुले विधिको शासन खोज्ने भएकाले नेपालले ती सबै आधारभूत नियम पालना गरेकाले पाएको बताएका छन् ।

समृद्धिका लागि यो परियोजना लागू भएको र यो विश्वभरी नै सफल परियोजना भएको उनको तर्क छ । ‘सम्पन्न देशहरुले आफ्नो बजेटबाट गरिबी निवारणका लागि यो योजना आएको हो, यसका केही शर्तहरु छन्, हामीले ती नियमहरु पूरा गरेका छौं, यसबाट विद्युत परियोजना बिस्तार र सडक निर्माणको काम हुनेछ’– गृहमन्त्री खाँडले भने ।

नेपाली नागरिकले एउटा सिम काड लिनबाट वन्चित भएका समस्यादेखि ठूला समस्या समाधान गर्नको लागि नागरिता विद्येयक ल्याएको उनले बताए।

गृहमन्त्री खाँणले नेपाली नागरिक अनागरिक बन्नुपर्ने परिस्थिति सृजना नहोस् भन्नका लागि सरकारले नागरिकता विधेयक ल्याएको स्पष्ट पारे।
नेपाली नागरिक भएर पनि नागरिकको अधिकारबाट बञ्चित भएकाले यसलाई स्वीकृत गर्न बिलम्ब गर्न नहुने उनको भनाइ छ ।

IME
khanepani