भक्तपुर शाखाका एैरको कारण सिइओ शाक्यको पद धरापमा, भष्टाचार र अनियमितातामा एैर र महर्जनको गठजोर

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड भक्तपुर शाखामा सहायक प्राविधिक कर्मचारीलाई कार्यालय प्रमुख बनाएपछि भ्रष्टाचार र अनियमितताले कार्यालय परिसरमा ढुंङ्ग ढुंङ्ग र्दुगन्ध आउन थालेको छ ।

यस आर्थिक वर्षमा करिव २ करोड ६८ लाख भन्दा बढीको भुक्तानी गर्दा ३० औ लाख भन्दा बढी कार्यालय प्रमुख चेतबहादुर एैरले एक लौटी खाएपछि लेखाका कर्मचारीहरु र अन्य प्राविधिक कर्मचारीहरु एैरसँग आगो भएका छन ।

छोटो समयका लागि आफु कार्यालय प्रमुख भएको कारण यहि मौकामा जति सकेको कमाउनु पर्ने सोच राखेर काम गर्न थालेका एैरले भक्तपुर शाखाको कार्यालय प्रमुख हुन गरेको लागानी तिर्न उक्त पैसा खर्च गरेको कार्यालय स्रोतले नेपाली जनतालाई बताएको छ ।
आठ तहको दरबन्दी भएको शाखामा लाखौ रुपयाँ खर्च गरेर कार्यालय प्रमुख बनेका एैर कामै नगरिकन पनि विल बनाएर भुक्तानीको लागि दवाव दिने गरेको कार्यालय स्रोतले बताएको छ ।

एैरले जाउलाखेल शाखाका कर्मचारी विकास महर्जनसँग मिलेर फेग काम गरेको कागजपत्र बनाउने र भुक्तानी समेत लिने काम गर्दै आएका छन ।
नयाँ धारा जडान, नयाँ पाइप लाइन र नयाँ मिटर जडानमा समेत पैसा उठाउने काममा एैर सिद्धहस्त नै छन । उनको पैसा कमाउने शैली अलिक अनौठो खालको रहेको पनि समाचार स्रोतले बताएको छ ।

जाउलाखेल शाखाका कर्मचारी ठेकेदार विकास महर्जनको लगानीमा कार्यालय प्रमुख बनेका एैरको चुरी फुरी निक्कै बढेको छ । सिइओले इन्जिनियरहरु हुँदा हुदै कुन नियतले छ तहका प्राविधिकलाई कार्यालय प्रमुख बनाए भन्ने प्रश्न पनि यतिखेर निक्कै पेचिलो बन्दै आएको छ ।

सिइओ मिलनकुमार शाक्य आफैले खनेको खाल्टोमा आफै पर्ने सम्भावना निक्कै बलियो बनेको छ । सिइओ शाक्यकै कारण एडिविको खरवौको आयोजना संचालन गर्ने केयूकेएलबाट अमेरीका भ्रमणमा कोहि पनि नपर्नु आश्चार्यको विषय बनेको छ । खानेपानी मन्त्रीको नेतृत्वमा नेपाल खानेपानी सस्थानका महाप्रबन्धक अमेरीका जाने टोलीमा पर्नु तर, केयूकेएलको सिईओ नपर्नुको पछाडी सिइओका यस्तै ६ तहका कामचोर कर्मचारीहरुलाई प्रमुख बनाउनुले नै उनलाई अपमान गरिएको हुन सक्ने अनुमान सरोकार वालाहरुको रहेको छ । भक्तपुरका एैरलाई हटाएर, हालै बढुवा भएका आठ तहका कर्मचारी पठाउन पनि शाक्यलाई भित्र भित्र दवाव पर्न थालेको छ ।

एैरको भष्टाचारको विषयमा भक्तपुर शाखाकै कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजूरी दिने तयारी गरेको बुझिएको छ ।

२९,श्रावण.२०७९,आईतवार ११:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्