विश्व बैंकको साढे १२ अर्ब ऋण र जापानको २ अर्ब अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने १२ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ । २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकले हरित, उत्पादनशील र समावेशी विकासका लागि दिने १ सय मिलियन अमेरिकी डलरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्‍का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सहुलियतपूर्ण ऋण भएको जानकारी दिए ।

त्यसैगरी पूर्वी तराईको सिँचाइ प्रणाली पुनर्स्थापनाका लागि जापान सरकारले २२ सय ५६ मिलियन जापानी येन अनुदान दिने भएको छ ।

सञ्चारमन्त्री कार्कीकाअनुसार २ अर्ब १३ करोड ६४ लाख रुपैयाँ बराबरको सो अनुदान सहायत स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।

२९,श्रावण.२०७९,आईतवार १२:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्