पर्सामा दाजुभाइ मिलेर बहिनीको प्रेमिको हत्या, रेलको डिब्बामा भेटियो शव

काठमाडौं । पर्साको वीरगञ्जमा दाजुभाइ मिलेर बहिनीको प्रेमीको हत्या गरेका छन् । उक्त घटनामा संलग्न आरोपमा प्रहरीले बाराको विश्रामपुर घर भएका २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेललाई पक्राउ गरेको छ ।

साउन २४ गतेदेखि हराइरहेका बाराको विश्रामपुर-५ का २३ वर्षीय राजकुमार ठाकुरको शव शुक्रबार भेटिएको थियो । ट्युसन पढ्न साइकलमा गएका ठाकुर हराएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

पटेल दाजुभाइको बयानको आधारमा ठाकुरको शव रक्सौलबाट मुज्जफपुर चल्ने ट्रेनको शौचालय छेउमा भेटिएको हो । पर्सा प्रहरीका अनुसार शव बोरामा प्याक गरेको अवस्थामा भेटिएको पर्सा प्रहरीले जनाएको छ ।

हत्याआरोपी दाजुभाइ वीरगञ्ज महानगरपालिका-१६ मा टेलर चलाउँदै आएका थिए ।

प्रहरीका अनुसार उनीहरूले आफ्नै टेलरभित्र लगेर ठाकुरको हत्या गरेको र मोटरसाइकलमा शव राखी रक्सौलमा रोकिराखेको ट्रेनको डिब्बामा छाडेका थिए ।

२९,श्रावण.२०७९,आईतवार १६:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्