
काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले ठूला ठेकेदारका कारण विकास निर्माणको काम तीब्र हुन नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठक अन्तर्गत शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘देशको विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेन । ठूला ठेकेदारले योजना कब्जा गर्ने र काम नगर्ने प्रवृत्तिका कारण यस्तो भयो’, उनले भने, ‘यस्तै ठूला उद्योगी, व्यवसायीले बैंक कब्जा गर्ने, आफैं ऋण लिने तर साना उद्योगीले कर्जा नपाउने अवस्था भयो । त्यसले साना उद्योग व्यवसायी धराशायी बन्यो ।’
प्रतिक्रिया दिनुहोस्