तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ

सल्यान । आफ्नै ३ जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका-३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई २२ लिटर एसिड सहित पक्राउ गरेको हो ।

रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएका छन् । तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

३१,श्रावण.२०७९,मंगलवार १३:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्