संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन गर्ने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयमा संशोधन गर्ने सहमति जुटाएको छ ।

सरकारले हालै मात्र संसदमा यो विधेयक दर्ता गरेको थियो । तर राष्ट्रिय मानवअधिकार आयोगले विधेयकको विषयबस्तुमा गम्भीर आपत्ति जनाएको छ भने द्वन्द्वपीडितहरु पनि आन्दोलनमा छन् ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले अहिले उठेको विवादलाई मध्यनजर गर्दै विधेयकमा संशोधन गर्ने सहमति जुटाएको उच्च स्रोतले बताएको छ ।

३१,श्रावण.२०७९,मंगलवार १३:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्