काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

माओवादी प्रदेश कमिटी सदस्यसहितका कार्यकर्ता एमाले प्रवेश

3.61K
shares
khanepani bord

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रको प्रदेश, जिल्ला र नगर कमिटीमा क्रियाशील कार्यकर्ताहरूलाई पार्टीका स्वागत गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका महोत्तरीका नेता‍‍(कार्यकर्तालाई एमालेमा स्वागत गरेको हो ।

पार्टी प्रवेश गर्नेहरूमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यहरू शंकर महतो र अंजितकुमार महतो, एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य रोशन गौतम, माओवादी केन्द्रका महोत्तरी जिल्ला कमिटी सदस्य उमेश महतो, नेपाली काँग्रेसका महोत्तरी जिल्ला समिति सदस्य दीपबहादुर कार्की, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्यहरू मनोजकुमार थापा, मनोजकुमार कुशवाहा, ललित सिंह, निरज अधिकारी, अशोक महतो, हृदयसिंह कुशवाहा, जयप्रकाश सिंह कुशवाहा छन् ।

त्यसैगरी माओवादी केन्द्रका नगर कमिटी सदस्य राजेश्वर सिंह कुशवाहा, रामविनय साह, वाईसीएल नेपालका प्रदेश कमिटी सदस्य मनोज महतो (रोयल), माओवादी केन्द्रका नगर कमिटी सदस्य लक्ष्मी ठाकुर, राजाराम महतो, देविन्द्र सिंह, श्यामबाबु शाह, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य राजदेव प्रसाद यादव, रामजानकी मण्डल, मोहन यादव र वाईसीएल नेपालका जिल्ला कमिटी सदस्य सञ्जय महतो हुनु हुन्छ ।

त्यस्तै लोकतान्त्रिक समाजजवादी पार्टीका जिल्ला सदस्य शिवनारायण यादव, रापपाका जिल्ला समिति सदस्य फइमुदिन मोमिन पनि एमाले प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी प्रवेशका लागि पार्टीका केन्द्रीय सदस्य सरोज यादवले सहजीकरण गरेकाे थियाे ।

सोही कार्यक्रममा जाजरकोटका माओवादी कार्यकर्ता लविकुमार चन्द, रामबहादुर खड्का र प्रशान्त वली पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई महासचिव शंकर पोखरेलले अबीर र अध्यक्ष ओलीले खादा लगाई स्वागत गरे।

khanepani