दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु
वि.सं.२०७९ भदौ १ बुधवार १७:५०
shares
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दार्चुलाका प्रमुख जिला अधिकारी दीर्घ राज उपाध्यायले ५ जनाको घटना स्थलमा मृत्यु भएको र अन्य ५/७ जना घाइते भएको पुष्टि गरे ।
घाइतेहरुको स्थानीयबासी र प्रहरीले उद्धार गरी अस्पताल लगिएको उपाध्यायले बताए ।
दार्चुला शैल्यशिखर ६ उल्लानिमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको हो ।
गोकुलेश्वरबाट दार्चुलाका लागि छुटेको से १ ज–५५१ नम्बरको जिप उल्लानीमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल खसेको छ । घटना बारे थप विवरण आउन बाँकी छ ।

























