१५ जना सांसद लगातार १० वटा बैठकमा अनुपस्थित

काठमाडौं । १५ जना प्रतिनिधि सभाका सदस्य लगाता १० वटा बैठकमा अनुपस्थित भएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुको लगातार १० वटा बैठकमा अनुपस्थित भएको जानकारी गराउदैँ स्वीकृतिका लागि पेश गरेका हुन् ।

लगातार १० वटा बैठकमा सहभागि नहुने प्रतिनिधि सभाका सदस्यमाा भिमसेनदास प्रधान छोरीको उपचारमा नेपाल बाहिर, प्रदिप गिरी आफै बिरामी भएर उपचारमा, कुमारी तुल्सी थापा अमेरिका भ्रमणमा, गंगा चौधरी स्वास्थ्य उपचारका लागि भारतमा रहेको सभामुख सापकोटाले जानकारी गराए ।

यस्तै धर्मशिला चापागाई घरायसी काममा व्यस्त, रघुबिर महासेठ श्रीमतीको उपचारका लागि अमेरिका गएको, जुलीकुमारी महतो उपचारका लागि अमेरिकामा रहेको, शान्ता चौधरी कार्यक्रममा सहभागी हुन अमेरिका गएको, कर्मा घले उपचारका लागि भारतमा गएको, सुरेशचन्द्र दास अस्वस्त भएको, शिवकुमार मण्डल अस्वस्त भएको सभामुख सापकोटाले जानकारी गराए ।

उनका अनुसार निर्जला राउत अस्वस्त भएको, नवराज रावत निजी कामका लागि अमेरिका गएको, बिनोदकुमार चौधरी व्यवसायिक कामका लागि नेपाल बाहिर गएको र नागेन्द्र कुमार बिरामी, घरायसी काम र निर्वाचन क्षेत्रमा गएका छन् । उनीहरुको लगातार १० बैठकमा अनुपस्थित भएको प्रस्ताव प्रतिनिधि सभाबाट स्विकृत भएको छ ।

२,भाद्र.२०७९,बिहीबार १२:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्