काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

संसद भवनअघि नागरिकता विधेयकविरुद्ध प्रदर्शन गर्ने पक्राउ

3.93K
shares
khanepani bord

काठमाडौं । नागरिकता विधेयकको विरुद्धमा संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

देशभक्त युवा नेपाललगायतले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक फेरी पनि जस्ताको त्यस्तै पारित गर्न लागिएको भन्दै बिरोध पदर्शनमा उत्रिएका थिए ।

उनीहरुमध्ये ७ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार अहिले संसद बैठक चलिरहेको र बाहिर प्रदर्शन पनि भइरहेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । बानेश्वरमा भएर आउने जाने सवारी साधनलाई पनि संसद भवन क्षेत्रबाट जान रोक लगाएर एक साइटतिरबाट मात्र आउन जान दिइएको छ ।

IME
khanepani