काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

नागरिकता विधेयकमाथि एमालेले राजनीति गरिरहेको छ : वर्षमान पुन

4.19K
shares
khanepani bord

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन् ।

नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैबाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘स्वभाविक रुपमा पुरानो विधेयकलाई नयाँ सरकारले अर्न नगर्दा फिर्ता हुन्छ । यो पनि सामान्य प्रक्रिया हो । यो माननीयजीहरुलाई जानकारी भएकै कुरा हो । त्यसैले नागरिकताजस्तो संवेदनशील विषयलाई यतातिर राजनीतिक विषय नबनाऔं । बरु, परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौं भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीहरुलाई आग्रह गर्दछु ।’

नेता पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको सो सम्बन्धि विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रिया भित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गरे ।

IME
khanepani