काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

रत्ननगरमा गाडीको ठक्करबाट वृद्धको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

3.64K
shares
khanepani bord

चितवन । पूर्वी चितवनको रत्ननगरमा पर्ने खगेरी पुल नजिक बोलेरो गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । घटनालगत्तै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

आज बिहान करिब साढे ५ बजेको समयमा बोलेरोको ठक्करबाट शौचालय जाँदै गरेका स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालयका डीएसपी रविनबाबु रेग्मीले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका रानामगरको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

रानामगरलाई ठक्कर दिएपछि बोलेरो गाडी फरार भएको र खोजीकार्य भैरहेको डीएसपी रेग्मीले बताए । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको पनि उनले बताए ।

यसैबीच चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

khanepani