पाटनको कृष्ण मन्दिरमा यसरी मनाइयो श्रीकृष्ण जन्माष्टमी

काठमाडौं । आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी । आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।श्रीकृष्ण मन्दिरमा पूजा अर्चना लागि बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। ललितपुर (पाटन) स्थित कृष्णमन्दिरमा पनि दर्शन तथा पूजाअर्चना गर्नेको घुइँचो लागेको छ ।

तिथिको हिसाबले १२ बजेको समयमा द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर आज श्रीकृष्णको जन्म जयन्ती विशेष पर्व मनाउने गरिन्छ । कृष्णलीला कथा प्रवचन हुने गरेको छ ।

३,भाद्र.२०७९,शुक्रबार १०:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्