जनकपुरधाममा व्यापारी र नगर प्रहरीबीच झडप, ९ जना प्रहरी नियन्त्रणमा

जनकपुरधाम । ठेला हटाउने विषयमा जनकपुरधामको जानकी चोकमा व्यापारी र नगर प्रहरीबीच झडप भएको छ ।

श्रीकृष्ण जन्माष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीहरुले ठेला लगाएका थिए । उक्त ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको थियो । जसको विरुद्ध उत्रिएका व्यापारी र प्रहरीबीच झडप भएको हो ।

नगर प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेपछि ६ वर्षीय बालकसहित केही व्यापारी घाइते भएका छन् । झडपका क्रममा नेपाल प्रहरीले ९ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको छ।

जनकपुरधाम उपमहानगरपालिकाले फुटपाथ खाली गराएको छ । तर, साना व्यापारीहरुले आफूहरुको व्यवस्थापन नगरेको भन्दै पटक–पटक प्रदर्शन गर्दै आएका छन् ।

३,भाद्र.२०७९,शुक्रबार १६:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्